September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने फ्रेन्च स्टार किलियन एम्बाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडमा १० नम्बरको जर्सी लगाउनेछन्।

एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गरिसकेको अवस्थामा विभिन्न स्पेनिस मिडियाहरुले रियल म्याड्रिडमा एम्बाप्पेले १० नम्बरको जारसी लगाउने दावी गरेका हुन्।

यहि साता मात्रै एम्बाप्पेले पिएसजीलाई सिजनको अन्त्यपछि क्लब छाड्ने आफ्नो निर्णय सुनाएका थिए। यससंगै एम्बाप्पे रियल जाने बाटोमा रहेको चर्चा सुरु भएको छ।

स्पेनिस मिडियाहरुले यति बेला रियल आएपछि एम्बाप्पेले कुन जर्सी लगाउँछन् भन्ने बारे पनि विभिन्न दावी गरिरहेका छन्। यस्तोमा मुन्डो डेपोर्टिभोले रियलमा एम्बाप्पेले १० नम्बरको जर्सी लगाउने दावी गरेको छ।

क्लबका भेट्रान मिडफिल्डर लुका मोड्रिचले यस सिजनको अन्त्यमा क्लब छाड्ने र उनले प्रयोग गर्दै आएको जर्सी नम्बर १० एम्बाप्पेले लगाउने डेपोर्टिभोको दावी छ।

रियलमा यस जर्सी यस अगाडी मेसुट ओजिल, लुइस फिगो, क्लेरेन्स सीडोर्फ र फेरेन्क पुस्कस जस्ता लेजेण्डले लगाइसकेका छन्। एम्बाप्पेले पिएसजीमा अहिले जर्सी नम्बर ७ लगाउँदै आएका छन्। फ्रान्सको राष्ट्रिय टोलीमा भने एम्बाप्पेले जर्सी नम्बर १० लगाउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *