September 20, 2024

एजेन्सी – प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई झड्का लागेको छ। महत्वपूर्ण खेलमा बराबरीमा रोकिएसंगै सिटीले नराम्रो झड्का लागेको हो।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटी चेल्सीसंग बराबरीमा रोकियो। बलमा निरन्तर राम्रो नियन्त्रण राखेर आक्रमणमा उत्रिँदा पनि सिटीले चेल्सी माथि जित निकाल्न सकेन।

खेलको ४२ औं मिनेटमा रहिम स्टर्लिंगले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएको थियो। तर खेलको ६३ औं मिनेटमा रोड्रीले गोल गोल गर्दै सिटीको हार टारे।

त्यसपछि निरन्तर आक्रमणमा उत्रिएपनि सिटीले थप गोल गर्न सकेन। खेलभर सिटीले बलमा ७१ प्रतिशत नियन्त्रण राखेर कुल ३१ प्रहार गरेको थियो। त्यसमद्ये ५ प्रहार टार्गेटमा थिए।

चेल्सीले भने खेलभर मात्र ९ प्रहार गरेपनि ६ प्रहार टार्गेटमा राखेको थियो। चेल्सीसंग बराबरीमा रोकिएसंगै सिटीले दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ।

सिटीले सिजनका २४ खेलमा १६ खेलमा जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। सिटी ५३ अंक सहित तेस्रो स्थानमा छ। त्यस्तै चेल्सी भने ३५ अंक सहित १० औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *