एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई पछि परेका छन्। रोनाल्डोले शनिबार राति गोल गर्दै नन पेनाल्टी गोलको मामलामा मेस्सीलाई परेका हुन्।
शनिबार राति अल नासरले साउदी प्रो लिग अन्तर्गतको खेलमा अल फतेहको सामना गर्यो। सो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले सानदार प्रदर्शन गरेका थिए।
उनले अल फतेह विरुद्धको खेलको पहिलो हाफमै गोल गरेका थिए। उनले खेलको १७ औ मिनेटमा अल नासरका लागि सानदार गोल गरे। यससंगै उनले नन पेनाल्टी गोलको मामलामा मेस्सीलाई पछि परे।
क्लब र राष्ट्रिय टोलीका लागि मेस्सीले ७ सय १४ नन पेनाल्टी गोल गरेका छन्। तर रोनाल्डोको नन पेनाल्टी गोल भने ७ सय १५ पुगेको छ। नन पेनाल्टी गोलको मामलामा अब रोनाल्डोले मेस्सीले एक गोलले पछि परेका छन्।
विश्व फुटबलको इतिहाँसमा सबै भन्दा बढी नन पेनाल्टी गोल गर्ने खेलाडीको रेकर्ड पनि अब रोनाल्डोको नाममा हुने भएको छ। यस्तै करियर गोलको कुरा गर्ने हो भने रोनाल्डोले शनिबारबाट ८ सय ७५ गोलको आकडा पार गरका छन्।
अब रोनाल्डो ९ सय गोल पुर्याउने योजनामा हुनेछन्। त्यसको लागि अब उनले मात्र २५ गोल गरे पुग्नेछ।
Non penalty goals for club and country:
🇵🇹 Cristiano Ronaldo – 715
🇦🇷 Lionel Messi – 714After scoring for Al Nassr against Al Fateh, CR7 has now overtaken Lionel Messi for non penalty goals 👀 pic.twitter.com/gk8HPmC7EH
— SPORTbible (@sportbible) February 17, 2024