September 19, 2024

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले खराब लयलाई जारी नै राखेको छ। गएको केहि समय देखि खासै राम्रो प्रदर्शन गर्न नसकेको बायर्नले आइतबार पनि आफ्नो खराब लयलाई जारी राखेको हो।

आइतबार राति भएको खेलमा बायर्न भिएफएल बोचुमसंग पराजित भयो। भिएफएल बोचुमको घरेलु मैदानमा भएको खेलमा बायर्न ३-२ को गोल अन्तरले हार्यो।

बायर्नले बलमा राम्रो नियन्त्रण राखेपनि हार टार्न सकेन। बायर्नले खेलभर बलमा कुल ७० प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर बायर्नले २७ प्रहार गरेको थियो।

जसमद्ये १० प्रहार टार्गेटमा थिए भने दुई प्रहार गोलमा परिणत भएका थिए। बायर्नका लागि जमाल मुसियाला र ह्यारी केनले गोल गरे। त्यस्तै घरेलु टोलीका लागि भने अकुमा असानो, केभेन स्लोटरबेक र केभिन स्टोगरले गोल गरेका थिए।

खेलको १४ औं मिनेटमै जमाल मुसियालाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। तर खेलको ३८ औं मिनेटमा अकुमाले बोचुमका लागि बराबरी गोल फर्काए।

खेलको ४४ औं मिनेटमा केभेनको गोलमा घरेलु टोलीले २-१ को अग्रता लियो। खेलको ७६ औं मिनेटमा बायर्न १० खेलाडीमा सिमित भयो। जसको केहि मिनेटमै घरेलु टोलीले पेनाल्टीमा गोल गर्यो।

खेलको ८७ औं मिनेटमा ह्यारी केनले गोल गरेपनि हार टार्न भने सकेनन्। यस हार संगै बायर्न शिर्ष स्थानबाट ८ अंकले पछि परेको छ। बायर्नले सिजनका २२ मद्ये १६ खेलमा जित निकालेर ५० अंक बनाएको छ। बोचुम भने २५ अंक बनाएर ११ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *