September 19, 2024

एजेन्सी – बायर्न म्युनिखका स्टार फरवार्ड ह्यारी केनले बोरुसिया डर्टमण्डका लागि खेल्दा एर्लिङ हालाण्डले बनाएको रेकर्ड तोडेका छन्। आइतबार राति केनले हालाण्डको रेकर्ड तोडेका हुन्।

आइतबार राति बुन्डेसलिगा अन्तर्गतको खेलमा बोचुमको सामना गर्यो। बोचुमको घरेलु मैदानमा भएको खेलमा बायर्न पराजित भएपनि ह्यारी केनले गोल गरे।

पहिलो हाफमा आफ्नो टोलीलाई २-० को अग्रता बनाउने गौरवशाली अवसर गुमाएपनि केनले खेलको ८७ औं मिनेटमा गोल गरेका थिए। सो गोल संगै उनले हालाण्डको नाममा रहेको रेकर्ड तोडे।

केन बुन्डेसलिगामा सबै भन्दा छिटो २५ गोल पूरा गर्ने खेलाडी बनेका छन्। उनले बुन्डेसलिगाका मात्र २२ खेलमा २५ गोलको आकडा पार गरे। यस अगाडी हालाण्डले २५ खेलमा २५ गोल पूरा गरेका थिए।

लिगमा सम्भावित विदेशी लगानीको विरोधका कारण बोचम र बायर्नबीचको भिडन्त दुई पटक रोकिएको थियो। टेनिस बलहरू प्रत्येक हाफमा स्ट्यान्डबाट मैदानमा वर्षा भएको थियो।

खेलाडीहरूलाई केही समयको लागि मैदानबाट बाहिर निकालिएको थियो। पछिल्ला हप्ताहरूमा देशभरका खेलहरूमा विरोधहरू भइरहेका छन्। आईतबारको हार बायर्नको लगातार तेस्रो हार हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *