September 20, 2024

एजेन्सी – गत सिजन मात्र क्याटलान क्लब बार्सिलोना आइपुगेका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले महत्वपूर्ण कोशेढुंगा पार गरेका छन्। पहिलो सिजनमै सानदार प्रदर्शन गर्दै लिगको शिर्ष गोल कर्ता बनेका रोबर्ट लेवान्डोस्कीले महत्वपूर्ण कोशेढुंगा पार गरेका हुन्।

बार्सिलोनाको पछिल्लो खेलमा डेल्टा भिगो विरुद्ध जित निलाल्दा लेवान्डोस्कीले महत्वपूर्ण भूमिका निभाएका थिए। उनले भिगो विरुद्ध २ गोल गरेका थिए।

ती दुई गोल संगै बार्सिलोना खेलाडीको रुपमा लेवान्डोस्कीले ५० गोलको कोशेढुंगा पार गरेका छन्। लेवान्डोस्कीले अब क्याटालुनियामा अर्धशतक गोल गरेका छन्।

सन् २०२२ मा बायर्न म्युनिख छाडेका ३५ वर्षीय लेवान्डोस्कीले बार्सिलोनाका लागि ७९ खेल खेल्दा ५० गोल पूरा गरेका हुन्। बार्सिलोनाका लागि छिटो ५० गोल स्यामुएल इटो र लुइस सुआरेजले गरेका छन्।

दुवैले ५० गोल गर्न ६८ खेल खेलेका थिए। ५० गोल पूरा गर्न आठ पटकको बालोन डी’ओर विजेता मेस्सीलाई किशोरावस्थामा मैदानमा उत्रिएपछि ११७ खेल आवश्यक परेको थियो भने ब्राजिलका प्लेमेकर रोनाल्डिन्होलाई १०८ खेल आवश्यक थियो।

यस सिजन उनले बार्सिलोनाका लागि कुल ३३ खेलमा १७ गोल गरेका छन्। त्यस्तै गत सिजन उनले ४६ खेलमा ३३ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *