September 20, 2024

एजेन्सी – लालिगाको महत्वपूर्ण खेलमा उपाधि दाबेदार जिरोना पराजित भएको छ। लामो समय लालिगाको शिर्ष स्थानमा रहेर अहिले दोस्रो स्थानमा झरेको जिरोना महत्वपूर्ण खेलमा सोमबार राति पराजित भएको हो।

सोमबार राति दोस्रो स्थानको जिरोना पाँचौ स्थानको एथ्लेटिक बिल्बाओसँग पराजित भयो। एथ्लेटिक बिल्बाओले घरेलु मैदानमा जिरोनालाई ३-२ को गोल अन्तरले पराजित गर्यो।

एथ्लेटिक बिल्बाओका लागि एलेजान्ड्रो रिमेरियोले दुई गोल गर्दा इनाकी विलियम्सले एक गोल गरे। त्यस्तै जिरोनाका लागि भिक्टर त्यह्यान्कोभ र एरिक ग्रासियाले एक-एक गोल गरे।

खेलको दोस्रो मिनेटमै एलेजान्ड्रोको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो। त्यसपछि पहिलो हाफमा कुनै टोलीबाट थप गोल भएनन्। तर दोस्रो ओभरमा भने कुल गोल भए।

खेलको ४९ औं मिनेटम जिरोनाले भिक्टरको गोलबाट बराबरी गर्यो। खेलको ५६ औं मिनेटमा एलेजान्ड्रोको पुनः बिल्बाओलाई अग्रता दिलाए। खेलको ६० औं मिनेटमा विलियम्सले गोल गर्दा बिल्बाओले ३-१ को अग्रता पायो।

खेलको ७५ औं मिनेटमा ग्रासियाले गोल गरेपनि खेलमा फर्किनका लागि पर्याप्त भएन। खेल ३-२ मा अन्त्य भयो। लालिगाको जारी सिजनमा जिरोनाको यो तेस्रो हार हो।

जिरोनाको हारले बार्सिलोना र रियल म्याड्रिडलाई फाइदा भएको छ। जिरोनाले २५ खेलबाट ५६ अंक बनाएको छ। रियलले शिर्ष स्थानमा स्पष्ट ६ अंकको अग्रता पाएको छ। बार्सिलोनाले पनि जिरोनालाई उछिन्ने अवसर प्राप्त गर्ने भएको छ। तेस्रो स्थानको बार्सिलोना जिरोना भन्दा २ अंकले मात्रै पछि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *