September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड सन् २०२४ लागे पछि छुट्टै लयमा देखिएको छ। सन् २०२३ भर खासै राम्रो प्रदर्शन गर्न नसकेको युनाइटेड सन् २०२४ लागे पछि भने धेरै राम्रो लयमा देखिएको हो।

सन् २०२४ मा युनाइटेडले कुनै पनि खेलमा पराजय भोगेको छैन। सन् २०२४ लागेपछि युनाइटेडले सबै प्रतियोगितामा कुल ७ खेल खेलेको छ। जसमा एक खेलमा बाहेक सबै खेलमा युनाइटेडले जित निकालेको छ।

युनाइटेड पछिल्लो पटक डिसेम्बरको अन्तिममा नटिङ्घम फरेस्टसंग पराजित भएको थियो। त्यसपछि युनाइटेडले एफए कपमा विगन एथलेटिकलाई पराजित गर्यो।

त्यसपछिको खेलमा टोटेनह्यामसंग २-२ को बराबरी खेलेपछि युनाइटेडले लगातार पाँच जित निकालेको छ। त्यसपछि चार जित प्रिमियर लिगमा आएका छन्।

निरन्तर जित निकालेसंगै युनाइटेड शिर्ष चारको दौडमा देखिएको छ। युनाइटेड अहिले प्रिमियर लिगको छैठौं स्थानमा छ। युनाइटेडले सिजनका २५ खेलमा १४ जित र ९ हार सहित ४४ अंक बनाएको छ।

युनाइटेड पाँचौ स्थानको टोटेनह्याम भन्दा ३ अंकले पछि छ भने चौंथो स्थानको एस्टन भिल्ला भन्दा ५ अंकले पछि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *