September 20, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडमा ७ नम्बरको जर्सी नपाउने भएका छन्। रियल गएपछि उनले ७ नम्बरको जर्सी भन्दा पनि अर्कै जर्सी नम्बर पाउने छन्।

विभिन्न खेल मिडियाहरुका अनुसार एम्बाप्पेलाई जर्सी नम्बर ७ भन्दा पनि जर्सी नम्बर १० दिइनेछ। हाल एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी)मा ७ नम्बरको जर्सी प्रयोग गर्दै आएका छन्।

तर रियलमा भने उनले सो जर्सी पाउने छैनन्। रियलमा अहिले ७ नम्बरको जर्सी ब्राजिलियन स्टार भिनिसियस जुनियरले प्रयोग गर्दै आएका छन्। भिनिसियस रियल खेलाडीको रुपमा स्थापित भइसकेका छन्।

यस्तोमा रियलले उनको जर्सी नम्बर पक्कै पनि खोस्ने आँट गर्ने छैन। एम्बाप्पेले ७ नम्बरको जर्सी भिनिसियसले रियल छाडे वा भिनिसिसले जर्सी परिवर्तन गर्न पाएमात्र पाउनेछन्।

यी दुवैको सम्भावना न्यून देखिन्छ। यस सिजनको अन्त्यमा क्लबमा लेजेण्ड लुका मोड्रीचले क्लब छाड्ने लगभग पक्का छ। जसपछि जर्सी नम्बर १० खाली हुनेछ।

एम्बाप्पेले सम्भवतः जर्सी नम्बर १० लगाउनेछन्। रियलमा यस जर्सी यस अगाडी मेसुट ओजिल, लुइस फिगो, क्लेरेन्स सीडोर्फ र फेरेन्क पुस्कस जस्ता लेजेण्डले लगाइसकेका छन्। एम्बाप्पेले पिएसजीमा अहिले जर्सी नम्बर ७ लगाउँदै आएका छन्। फ्रान्सको राष्ट्रिय टोलीमा भने एम्बाप्पेले जर्सी नम्बर १० लगाउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *