September 20, 2024

एजेन्सी – म्यानचेस्टर सिटीले प्रिमियर लिगमा मंगलबार राति महत्वपूर्ण जित निकाल्यो। घरेलु मैदानमा भएको खेलमा सिटीले ब्रेन्टफोर्ड माथि १-० को महत्वपूर्ण जित निकालेको हो।

नर्वेली युवा स्टार एर्लिङ हालाण्डले सिटीका लागि निर्णायक गोल गरे। खेलको ७१ औं मिनेटमा अर्जेन्टिनी स्टार जुलियन अल्भारेजले दिएको पासलाई अगाडी बढाएर हालाण्डले गोल गरेका थिए।

यससंगै हालाण्डले एक रेकर्ड पनि बनाएका छन्। हालाण्डले प्रिमियर लिगमा सामना गरेका सबै टोली विरुद्ध गोल गर्दै एक दुर्लभ रेकर्ड बनाएका हुन्।

हालाण्ड सामना गरेका सम्पूर्ण प्रिमियर लिग टोली विरुद्ध गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। यस भन्दा अगाडी सो रेकर्ड ह्यारी केनले बनाएका थिए। लामो फुटबल करियरमा केनले सामना गरेका ३२ मद्ये ३२ प्रिमियर लिग टोली विरुद्ध गोल गरेका थिए।

तर हालाण्डले सिटी आएको दोस्रो सिजनमै सो सफलता हाँसिल गरेका छन्। हालाण्डले सिटीबाट अहिले सम्म कुल २१ टोलीको सामना गरेका छन् र त्यसमद्ये २१ नै टोली विरुद्ध गोल गरेका छन्।

चोटका कारण केहि समय मैदानबाट बाहिर रहेपनि हालाण्ड अहिले प्रिमियर लिगको शिर्ष गोलकर्ताको रुपमा रहेका छन्। हालाण्डले यस सिजन २० खेलमा १७ गोल गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *