September 20, 2024

एजेन्सी – मेजर सलर लिगको नयाँ सिजनका लागि इन्टर मियामी बिहिबार बिहान एक्सनमा उत्रँदैछ। मेजर सकर लिगको नयाँ सिजनको पहिलो खेलका लागि मियामी बिहिबार बिहान एक्सनमा उत्रन लागेको हो।

मियामीले सिजनको पहिलो खेलमा रियल साल्ट लेकको सामना गर्नेछ। खेल मियामीको चेस स्टेडियममा हुनेछ। नेपाली समय अनुसार खेल बिहिबार बिहान ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

बिहिबार मियामी पक्कै पनि जित सहित नयाँ सिजनको सुखद सुरुवात गर्ने योजनामा हुनेछ। गत सिजन मेजर सकर लिगको प्लेअफमा स्थान बनाउन नसकेको मियामी यस सिजन भने सिजनको सुरुवात देखि नै राम्रो प्रदर्शन गर्ने योजनामा छ।

मेस्सी खेल्ने सम्भावना कति ?

प्रिसिजनभर मेस्सी पूर्णरुपमा फिट रहन सकेनन्। जसकारण उनले प्रिसिजनका धेरै मैत्रीपूर्ण खेलहरु गुमाएका थिए। मेस्सी बिहिबारको खेलका लागे फिट छन्।

इन्टर मियामीका प्रबन्धक जेरार्डो मार्टिनोले मेस्सी र लुइस स्वारेज दुवै रियल साल्ट लेक विरुद्ध खेल्नका लागि फिट रहेको जानकारी दिए। प्रशिक्षकका अनुसार यो आक्रमणकारी जोडीले आवश्यक पर्दा ९० मिनेट पूरा खेल्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *