September 20, 2024

एजेन्सी – रियल मड्रिडका लिजेण्ड लुका मोड्रिचले क्लबका प्रशिक्षक प्रशिक्षक कार्लो एन्सेलोटीको प्रस्ताव अस्विकार गरेका छन्। प्रशिक्षक कार्लो एन्सेलोटीले दिएको कोचिङ स्टाफमा सामेल हुने प्रस्तावलाई मोड्रिचले अस्विकार गरेका हुन्।

विभिन्न खेल मिडियाहरुका अनुसार प्रशिक्षक एन्सेलोटीले मोड्रिचलाई यस सिजनको अन्त्य पछि क्लबको कोचिङ स्टाफमा सामले हुन प्रस्ताव गरेका थिए। तर मोड्रिचले सो प्रस्तावलाई अस्विकार गर्दै खेल जीवनलाई केहि समय जारी राख्ने निर्णय लिएका छन्।

मोड्रिचले तत्कालका लागि सन्यास लिने कुनै योजना नबनाएको बताइएको छ। यसको अर्थ मोड्रिच अब रियल म्याड्रिडसंगको सम्झौता सकिएपछि अन्य क्लबमा जान सक्नेछन्।

मोड्रिच र रियल म्याड्रिड बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। रियल र मोड्रिच बीचको सम्झौता थप हुन सक्ने धेरै कम सम्भावना छ। अब मोड्रिचले नयाँ गन्तव्य खोज्न सक्छन्।

मोड्रिचलाई साउदी अरेबियाका केहि क्लबले भित्र्याउन चाहेको समेत खबरहरु आइरहेका छन्। गत समर ट्रान्सफर विन्डोमै साउदी क्लबहरुले मोड्रिचलाई भित्र्याउन प्रयास गरेका थिए।

मोड्रिच २०१२ मा टोटेनह्याम हटस्परबाट रियल म्याड्रिडमा आएका थिए। उनले लस ब्लान्कोसका लागि अहिले सम्म ५ सय १६ खेल खेलिसकेका छन्। उनले रियलका लागि ३८ गोल र ८३ गोलको योगदान दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *