September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बुधबार राति लामो समय पछि च्याम्पियन्स लिगको नकआउट खेल खेल्यो। अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले बुधबार राति पहिलो पटक च्याम्पियन्स लिगको नकआउट खेलेको हो।

नापोलीको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना बराबरीमा रोकियो। निक्कै प्रतिष्पर्धात्मक बनेको खेलमा पहिला अग्रता लिएर पनि बार्सिलोना जित निकाल्न भने सकेन, खेल १-१ को बराबरीमा सकियो।

खेलको ६० औं मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो। सो गोल क्लबक पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गरेका थिए। रोबर्ट लेवान्डोस्कीले पेड्रीको पासमा गोल गरेका थिए।

सो गोल च्याम्पियन्स लिगको नकआउट चरणमा बार्सिलोनाले तीन वर्षमा गरेको पहिलो गोल थियो। लेवान्डोस्की मेस्सीले क्लब छाडेपछि च्याम्पियन्स लिगको नकआउट चरणमा गोल गर्ने पहिलो खेलाडी बने।

च्याम्पियन्स लिगको नकआउट चरणमा यस अगाडी अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले गोल गरेका थिए। सो गोल मेस्सीले मार्च २०२१ मा पार्क डेस प्रिन्सेसमा पेरिस सेन्ट जर्मेन(पिएसजी) विरुद्ध गरेका थिए।

सो गोलको १ हजार ७८ दिन पछि बार्सिलोनाले नकआउट चरणम आगोल गर्यो। मेस्सीले छाडेपछि सन् २०२१-२०२२ र २०२२-२३ को सिजनमा बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *