September 20, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामीले बिहिबार सिजनको पहिलो खेल खेल्यो। फ्लोरिडाको चेज स्टेडियममा मियामीले सिजको पहिलो खेलमा रियल साल्ट लेगको सामना गरेको हो।

रियल साल्ट लेक विरुद्धको घरेलु खेलमा इन्टर मियामीका लागि लियोनल मेस्सीले झन्डै सानदार फ्रिकिक गोल गरेनन्। खेलको १६ औं मिनेटमा मेस्सीले प्रहार गरेको फ्रिकिक झन्डै गोलमा परिणत भएन।

रियल साल्ट लेक डिफेन्डर जस्टेनले ग्लाइडिङ हेडरको साथ बललाई लाइनबाट बाहिर पठाएका थिए। जसकारण मेस्सीको फ्रिकिक गोलमा परिणत हुन पाएन।

सिजनको पहिलो खेलमा मेस्सीले गोल गर्न सकेनन्। तर खेलमा मेस्सीले एक गोलका लागि योगदान भने दिएका थिए। खेलको पहिलो गोलमा मेस्सीको भूमिका महत्वपूर्ण थियो।

उनले नै दिएको पासमा खेलको ३९ औं मिनेटमा रोबर्ट टेलरले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। मियामीले बिहिबार बिहान साल्ट लेकलाई २-० को गोल अन्तरले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *