September 20, 2024

एजेन्सी – पोर्चुगिज क्लब पोर्टोका प्रशिक्षक सर्जियो कन्सेकाओले आर्सनल विरुद्ध आफूहरु जित्नको लागि खेलेको बताएका छन्। च्याम्पियन्स लिगको अन्तिम १६ मा आर्सनललाई पराजित गरेपछि सर्जियो कन्सेकाओले आर्सनल विरुद्ध जित्ने योजना सहित आफूहरुले खेलेको बताएका हुन्।

आर्सनलले खेल्न चाहेको र आफूहरु जित्न चाहेको सर्जियो कन्सेकाओले बताए। आर्सनल बलमा बढी नियन्त्रण राखेर जित्ने रणनीतिमा देखिएपनि आफूहरुले बलमा कम नियन्त्रण राखेर जित निकालेको उनको भनाई छ।

“यो एक राय हो। उनीहरु खेल्न चाहन्थे, हामी जित्न चाहन्थ्यौं। आर्टेटा [पेप] गार्डियोला स्कुलका हुन्, जो विश्वमा सबैभन्दा धेरै उपाधि जित्ने प्रशिक्षक रहेका छन्। उनीहरू सोच्छन् कि आफ्ना विपक्षीहरूलाई हराउने उत्तम तरिका हो – बलको अधिक कब्जा। तर जित गोल कसरी गर्ने भन्ने कुराले परिभाषित गर्छ।”,कन्सेकाओले भने।

तथ्याङ्क अनुसार खेलको समयमा आर्सनलको बलमा नियन्त्रण ६५ प्रतिशत थियो। अर्टेटाको टोलीले कुल सात शटहरू प्रहार गरेको थियो। तर त्यसमद्ये कुनै पनि प्रहार टार्गेटमा थिएनन्।

पोर्टोले कुल आठ शटहरू प्रहार गर्दा २ प्रहार टार्गेटमा राखेको थियो। जसमद्ये एक प्रहार गोलमा पनि परिणत भएको थियो। खेलपछि मिकेल अर्टेटाले आफ्नो पक्षले हारको बावजुद फुटबल खेल्नको लागि राम्रो मनोभाव देखाएको स्पष्ट परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *