September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका भेट्रान मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय सन्यास फिर्ता लिएका छन्। सन् २०२०मा सम्पन्न युरोकप पश्चात जर्मनीको राष्ट्रिय टोलीबाट सन्यास लिएका टोनी क्रुसले सन्यास फिर्ता लिएका हुन्।

क्रुस युरो २०२४ भन्दा अगाडि अर्को महिना जर्मनीसँग अन्तर्राष्ट्रिय खेलमा फर्किनेछन्। रियल म्याड्रिडका मिडफिल्डरले युरो २०२० पछि अन्तर्राष्ट्रिय जिम्मेवारीबाट टाढिएका थिए।

जर्मनीका नयाँ प्रशिक्षक जुलियन नागेल्सम्यानले गरेको आग्रहलाई स्वीकार गर्दै क्रुसले राष्ट्रिय टोलीमा फिर्ता हुने निर्णय गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

ट्रान्सफर बजारका भरपर्दा जानकार फाब्रिजियो रोमानोका अनुसार युरो कप अगाडीका मैत्रीपूर्ण खेलहरुमा क्रुस आगामी महिना देखि नै जर्मनीको राष्ट्रिय टोलीसंग हुनेछन्।

यस्तै रियल म्याड्रिडले क्रुससंगको सम्झौता थप गर्ने योजना बनाएको पनि रोमानोले जनाएका छन्। रोमानोका अनुसार रियल क्रुसको सम्झौता प्रस्ताव गर्ने तयारीमा रहेको छ।

क्रुस आफैंले पनि सामाजिक संजाल मार्फत आफू जर्मनको राष्ट्रिय टोलीमा फिर्ता हुने भएको जानकारी दिएका छन्। पछिल्लो समय संघर्षरत जर्मनीलाई क्रुसको फिर्तिले पक्कै टेवा पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *