November 10, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबर अनुसार क्याटलान क्लब बार्सिलोना क्लबका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई बिक्री गर्न तयार रहेको छ।

गएको केहि वर्ष देखि आर्थिक संकटसंग जुधिरहेको बार्सिलोना आगामी समर ट्रान्सफर विन्डोमा रोबर्ट लेवान्डोस्कीलाई बिक्री गर्न तयार रहेको दावी केहि खेल मिडियाहरुले गरेका हुन्।

स्पेनिस दिग्गज बार्सिलोनाले फरवार्ड रोबर्ट लेवान्डोस्कीका लागि राम्रा अफर पाए बिक्री गर्ने योजना बनाएको द एथलेटिकले रिपोर्ट गरेको छ। लेवान्डोस्की गत सिजन मात्रै बार्सिलोना आइपुगेका थिए।

बार्सिलोना आएको पहिलो सिजनमा लेवान्डोस्कीले बार्सिलोनाका लागि सानदार प्रदर्शन गरेका थिए। उनको उच्च प्रदर्शनकै कारण बार्सिलोनाले लालिगा जितेको थियो।

तर यस सिजन भने लेवान्डोस्की खासै राम्रो लयमा देखिएका छैनन्। लेवान्डोस्कीले बार्सिलोनाका लागि अहिले सम्म ८० खेलमा ५१ गोल गरेका छन् भने १४ असिस्ट प्रदान गरेका छन्।

एथलेटिकले थप खुलासा पनि गरेको छ कि पोल्याण्डका स्ट्राइकर क्याम्प नोउमा धेरै खुसी छन्। उनले अहिले सम्म अर्को समरमा बार्सिलोना छाड्ने योजना बनाएका छैनन्।

तर बार्सिलोना भने साउदी अरेबियाबाट लेवान्डोस्कीका लागि आकर्षक प्रस्ताव आउने पर्खाइमा रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *