September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले क्लबका पूर्व खेलाडी सर्जियो रामोसलाई विशेष सम्मान दिने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार रियलले रामोसलाई आगामी खेलमा सम्मान दिने भएको हो।

आइतबार राति रियल म्याड्रिडले सेभियाको सामना गर्दैछ। खेल रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ। रियलले क्लबका पूर्व खेलाडी रामोसलाई विशेष ट्रिब्युट दिने योजना बनाएको बताइएको छ।

रामोस सन् २००५ मा रियल म्याड्रिड पुगेका थिए। त्यहाँ रामोसले निरन्तर १६ वर्ष खेले। सन् २०१० मा स्पेनसंग विश्वकप समेत जितेका रामोसले ६ सिजन रियलको कप्तानी समेत गरेका थिए।

रियल म्याड्रिडबाट रामोसले कुल २२ उपाधि जितेका थिए। सन् २०२१ मा रियलसंगको सम्झौता सकिएपछि रामोस पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका थिए।

पिएसजीसंगको सम्झौता सकिएपछि रामोस गत समर ट्रान्सफर विन्डोमा सेभियामा सामेल भएका थिए। रियल जानु भन्दा अगाडी रामोस पहिला पनि सेभियामा थिए।

स्पेनिस खेलाडीले रियल म्याड्रिडविरुद्ध खेलेका खेलमा अपराजित रहन सफल भएका छन्, दुई पटक बराबरी खेलेका छन् भने एक खेल जितेका छन् । उनले रियल विरुद्ध पछिल्लो खेल २०२३ को अक्टोबर मा खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *