September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार प्रिमियर लिग क्लब लिभरपुल अहिले देखि नै क्लबका स्टार मोहम्मद सलाहको स्थान लिन सक्ने खोजिमा जुटेको छ।

सलाहले छिट्टै क्लब छाड्न सक्ने सम्भावनालाई मद्यनजर गर्दै लिभरपुलले उनको स्थान लिन सक्ने खेलाडीको खोजि सुरु गरेको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।

लिभरपुल र सलाह बीचको सम्झौता सन् २०२५ सम्मका लागि छ। तर उनले आगामी समर ट्रान्सफर विन्डोमा क्लब छाड्न सक्ने सम्भावना रहेको बताउने गरिन्छ।

सलाहलाई गत समर ट्रान्सफर विन्डोमा साउदीबाट आकर्षक प्रस्ताव आएको थियो। तर त्यसबेला लिभरपुलले सलाहलाई बिक्री नगर्ने निर्णय गरेको थियो।

आगामी समरमा पुनः सलाहका लागि प्रस्ताव आउने लगभग पक्का छ। लिभरपुलले सो प्रस्ताव स्वीकार गर्न सक्ने बताइन्छ। यस्तोमा सलाहको सम्भावित प्रतिष्थापनको रुपमा लिभरपुलको नजर पाल्मिरास किशोर लुइस गुइल्हेर्मेमा परेको छ।

यस फेब्रुअरीको सुरुमा १८ वर्ष पुगेका गुइल्हेर्मे पछिल्लो समयको सबैभन्दा लोकप्रिय ब्राजिलियन प्रतिभाको रूपमा देखा परेका छन्। उनलाई आर्सनलले पनि भित्र्याउन चाहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *