September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आगामी समर ट्रान्सफर विन्डोमा थप एक फरवार्ड भित्र्याउने भएको छ। आगामी सिजनमा सानदार प्रदर्शन गर्नका लागि युनाइटेडले आगामी समरमा थप एक फरवार्ड भित्र्याउने भएको हो।

गत समर ट्रान्सफर विन्डोमा युनाइटेडले डेनिस फरवार्ड रास्मस होएलण्डलाई भित्र्याएको थियो। उनका लागि युनाइटेडले एटलान्टालाई ६४ मिलियन पाउण्ड तिरेको थियो।

युनाइटेड रास्मसको प्रदर्शनलाई लिएर सन्तुष्ट रहेको बताइएको छ। प्रिमियर लिगका सुरुवाती १४ खेलमा गोल गर्न नसकेपनि उनले पछिल्लो समय भने उनले ठीक ठाक प्रदर्शन गरिरहेका छन्।

रास्मसले प्रिमियर लिगका २० खेलमा ७ गोल गरेका छन् भने २ असिस्ट प्रदान गरेका छन्। सबै प्रतियोगितामा उनले उनले यस सिजन १३ गोल गरिसकेका छन्।

युनाइटेड रास्मसलाई साथ दिने फरवार्डको खोजिमा रहेको ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोले जनाएका छन्। रोमानोका अनुसार युनाइटेड अहिले देखि नै नयाँ फरवार्डको खोजिमा जुटिसकेको छ।

युनाइटेडको नजरमा केहि फरवार्डहरु रहेको र अन्य फरवार्डहरुको अध्ययन पनि गरिरहेको रोमानोको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *