September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई झड्का लागेको छ। महत्वपूर्ण समयमा महत्वपूर्ण खेलाडी घाइते भएसंगै युनाइटेडलाई झड्का लागेको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार युनाइटेडका महत्वपूर्ण खलाडी रास्मस होएलण्ड घाइते भएका छन्। उनको खुट्टाको मांसपेशीमा चोट लागेको बताइएको छ।

सो खबरलाई क्लबले पनि पुष्टि गरेको छ। रास्मसको फिटनेस बारे अपडेट सार्वजनिक गर्दै युनाइटेडले मांसपेशीको चोटका कारण शनिबार फुलह्याम विरुद्धको खेल रासमुसले गुमाउने जानकारी दिएको छ।

युनाइटेडले दिएको जानकारी अनुसार रास्मस २-३ साता मैदान बाहिर रहनेछन्। उनले नटिङ्घम फरेस्ट, एभर्टन, शेफिल्ड युनाइटेड र सबैभन्दा महत्त्वपूर्ण रूपमा म्यानचेस्टर सिटी विरुद्धको खेल समेत गुमाउन सक्छन्।

“रास्मसले मांसपेशीको चोटका कारण शनिबार फुलह्याम विरुद्ध म्यानचेस्टर युनाइटेडको प्रिमियर लिग खेल गुमाउने छन्। उनले दुई देखि तीन हप्तासम्म बाहिर रहनु पर्ने हुन सक्छ।”,युनाइटेडले भनेको छ।

पछिल्लो समय रास्मस राम्रो लयमा थिए। उनले युनाइटेडका लागि प्रिमियर लिगमा निरन्तर ६ खेलमा गोल गरेका थिए। जसकारण युनाइटेड सन् २०२४ लागेपछि प्रिमियर लिगमा अपराजित रहन सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *