September 20, 2024

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। शनिबार राति भएको खेलमा युनाइटेड घरेलु मैदानमै पराजित हुन पुगेको हो।

शनिबार युनाइटेड ओल्ड ट्राफोर्डमा फुलहम युनाइटेडसंग पराजित हुन पुग्यो। बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा राम्रो गर्न नसक्दा युनाइटेड पराजित भयो।

खेलभर युनाइटेडले बलमा कुल ५७ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर युनाइटेडले २१ प्रहार गर्दा ९ प्रहार टार्गेटमा राखेको थियो। तर एक प्रहारलाई मात्र गोलमा परिणत गराउन युनाइटेड सफल भयो।

युनाइटेडका लागि एक मात्र गोल ह्यारी मग्वायरले गरेका थिए। त्यस्तै पाहुना टोलीका लागि भने क्याल्भिन बासी र एलेक्स इवोबीले एक-एक गोल गरेका थिए।

खेलको पहिलो हाफमा कुनै टोलीबाट गोल हुन नसकेपनि खेलको ६५ औं मिनेटमा पहिना टोलीले अग्रता लिएको थियो। सो गोल क्याल्भिनले गरेका थिए।

खेलको ८९ औं मिनेटमा युनाइटेडका लागि मग्वायरले गोल गर्दा खेल १-१ को बराबरीमा पुग्यो। तर इन्ज्युरी समयको सातौं मिनेटमा इवोबीले गोल गरेसंगै युनाइटेड २-१ को गोल अन्तरले पराजित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *