September 20, 2024

एजेन्सी – साउदी क्लब अल इत्तिहादले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफेल भरानलाई टार्गेट बनाउने भएको छ। साउदी क्लब अल इत्तिहादले भरानलाई आगामी समर ट्रान्सफर विन्डोमा टार्गेट गर्ने भएको हो।

यस सिजन खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको इत्तिहादले आगामी समर ट्रान्सफर विन्डोमा केहि खेलाडी थप्ने योजना बनाएको र त्यसमा भरान मुख्य टार्गेट हुने CBS पत्रकार बेन जेकब्सले जनाएका छन्।

रेड डेभिल्ससँग फ्रान्सेलीको सम्झौता जूनमा समाप्त हुनेछ। त्यसपछि भरान फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। भरान सित्तैमा उपलब्ध हुने हुँदा इत्तिहाद उनलाई भित्र्याउने दौडमा हुने बताइएको छ।

अल-इतिहादले आफ्नो टोलीलाई बलियो बनाउनको लागि भरानको साथ खोजेको र उनलाई वार्षिक ३० मिलियन युरो पारिश्रमिक दिन तयार रहेको जेकब्सको दावी छ।

इत्तिहादमा यस अगाडी देखि नै भरानका दुई साथीहरु छन्। भरानका रियल म्याड्रिडका पूर्व टोली साथी करिम बेन्जेमा र फ्रान्सका साथी एनगोलो कान्टे गत समर ट्रान्सफरमा इत्तिहाद पुगेका थिए।

भरान अगस्ट २०२१ देखि ओल्ड ट्राफोर्डमा छन्। युनाइटेड गएपछि उनी पुनरावर्ती फिटनेस समस्याहरूको सामना गरिरहेका छन्। युनाइटेडले उनको सम्झौता थप गर्ने कम सम्भावना रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *