एजेन्सी – फ्रेन्च पत्रिका ले इक्विपका पत्रकार लोइक तान्जीले प्रिमियर लिग क्लब लिभरपुलका स्टार मोहम्मद सलाहलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले नम्बर एक टार्गेट बनाउन पर्ने बताएका छन्।
एक कुराकानीका क्रममा पत्रकार लोइक तान्जीले लिभरपुलका स्टार सलाहलाई पिएसजीले आगामी समर ट्रान्सफर विन्डोमा नम्बर एक टार्गेट बनाउन पर्ने बताएका हुन्।
फ्रेन्च स्टार किलियन एम्बाप्पेले क्लब छाडेपनि पिएसजीलाई ठूला स्टार क्लबमा भित्र्याउन कुनै समस्या नहुने पत्रकार लोइक तान्जीको दावी छ। उनका अनुसार पिएसजीलाई प्रतिभाशाली टोली बनाउन कुनै समस्या हुनेछैन।
सलाह पिएसजीमा ठूला स्टार हुन सक्ने उनको भनाई छ। ट्रान्सफर मार्केटमा पिएसजीलाई ठूलो स्टार भेट्टाउन कुनै समस्या नहुने र चाहेमा पिएसजीले सलाहलाई भित्र्याउन सक्ने उनले बताए।
“पिएसजीले अझै पनि स्टारहरु भित्र्याउन सक्छ। पिएसजीलाई प्रतिभाशाली टोली बनाउन कुनै समस्या हुनेछैन। उदाहरणको लागि पिएसजीले सलाहलाई भित्र्याउन सक्छ। वास्तावमै सलाह पिएसजीका लागि ठूला स्टार बन्न सक्छन्।”,तान्जीले भने।
त्यस्तै उनले एम्बाप्पेको बहिर्गमन पछि क्लबका युवा खेलाडीहरुले फस्टाउनको लागि स्थान पाउने बताउन पनि छुटाएनन्।