September 20, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने साउदी क्लब अल इत्तिहादले क्याटलान क्लब बार्सिलोनाका एक स्टार खेलाडीलाई भित्र्याउने योजना बनाएको छ।

युरोपमा प्रकाशित हुने केहि खेल मिडिया तथा केहि पत्रकारले साउदी क्लब अल इत्तिहादको नजरमा क्याटलान क्लब बार्सिलोनाका एक महत्वपूर्ण खेलाडी माथि नजर लगाइरहेको दावी गरेका हुन्।

खबरका अनुसार अल इत्तिहाद बार्सिलोनाका गोलरक्षक मार्क-आन्द्रे टेर स्टेगेनलाई भित्र्याउन चाहन्छ। अल इत्तिहादले मार्क-आन्द्रे टेर स्टेगेनलाई आगामी समर ट्रान्सफर विन्डोमा भित्र्याउन चाहेको बताइएको छ।

अल इत्तिहादले खेलाडीलाई सम्पर्क समेत गरिसकेको पत्रकार म्याटियो मोरेटोले जनाएका छन्। उनका अनुसार अल इत्तिहादले मार्क-आन्द्रे टेर स्टेगेनलाई सम्पर्क गरेपनि बार्सिलोनालाई भने सम्पर्क गरेको छैन।

“साउदी क्लब अल इत्तिहादले टेर स्टेगनको क्याम्पसँग सम्पर्कमा छ, तर क्लबले बार्सिलोनालाई भने सम्पर्क गरिसकेको छैन।”,पत्रकार म्याटियो मोरेटो भन्छन्।

टेर स्टेगेन २०१४ को गर्मीमा बोरुसिया मोन्चेनग्लाडबाचबाट क्याम्प नोउ आएका थिए। उनले अहिले सम्म बार्सिलोनाका लागि ३ सय ९८ खेल खेलिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *