September 20, 2024

एजेन्सी – साउदी प्रो लिगको महत्वपूर्ण खेलमा अल नासरले अल शबाबको सामना गर्यो। अल शबाबको घरेलु मैदानमा भएको खेलमा अल नासरले रोमान्चक जित निकाल्यो।

बलमा बढी नियन्त्रण राखेको अल शबाबलाई अल नासरले ३-२ को गोल अन्तरले पराजित गर्यो। अल नासरको जितमा रोनाल्डोले एक गोल गर्दा तालिस्काले दुई गोल गरे।

खेलभर अल शबाबका समर्थकहरुले आइतबार अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नामको नारा लगाए। अल शबाबका समर्थकले खेल चलिरहेको समयमा मात्र नभई खेल सकिएपछि पनि मेस्सीको नामको नारा लगाएका थिए।

मेस्सीको नामको नारा लाग्दा रोनाल्डो भने आक्रोशित देखिए। मेस्सी-मेस्सीको नारा लाग्दा रोनाल्डोले रिस खप्नै सकेनन्। मेस्सीको नारा लगाउने अल शबाब समर्थकलाई रोनाल्डोले अश्लिल तरिकाले जवाफ फर्काए।

यति बेला सामाजिक संजालमा रोनाल्डोको सो हर्कतको भिडियो भाइरल भइरहेको छ। धेरैले रोनाल्डोको सो हर्कतको आलोचना गरिरहेका छन्। त्यस्तै रोनाल्डोका समर्थकले भने रोनाल्डोको डिफेन्ड गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *