December 23, 2024

एजेन्सी – ‘जापानी मेस्सी’का लागि प्रिमियर लिगका क्लबहरु बीच कडा टक्कर पर्ने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार ‘जापानी मेस्सी’ उपनामले चिनिने एक खेलाडीका लागि प्रिमियर लिगका तीन क्लब बीच कडा टक्कर पर्ने भएको हो।

रियल सोसिडाडका विंगर टेकफुसा कुबोका लागि आर्सनल र लिभरपुल बीच कडा टक्कर पर्ने भएको विभिन्न बेलायती खेल मिडियाहरुले जनाएका छन्।

‘जापानी मेस्सी’ भनेर चिनिने कुबोलाई अनुबन्ध गर्नका लागि न्यूकासल युनाइटेड समेत रहेको बताइएको छ। तीनै क्लबले उनलाई आगामी समर ट्रान्सफर विन्डोमा भित्र्याउन चाहेका छन्।

बेलायती खेल मिडियाहरुका अनुसार लिभरपुलले कुबोलाई मोहम्मद सलाहको स्थान लिने खेलाडीको रुपमा भित्र्याउन चाहेको छ। सलाह आगामी समर ट्रान्सफर विन्डोमा लिभरपुल छाड्न सक्छन्।

सलाहलाई साउदीबाट आकर्षक प्रस्ताव आउन सक्ने सम्भावना छ। त्यस्तै आर्सनलले बुकायो साका र गेब्रियल मार्टिनेलीसँग साझेदारी गर्ने खेलाडीको रुपमा कुबोलाई भित्र्याउन चाहेको छ।

जापानी विङ्गर पहिले बार्सिलोना र रियल म्याड्रिड दुवै क्लबको युवा टोलीबाट खेलिसकेका छन्। रियल म्याड्रिडको पहिलो टोलीमा प्रवेश गर्न असफल भएपछि उनी म ल्लोर्का, गेटाफे र भिल्लारियलमा हुँदै रियल सोसिडाड पुगेका थिए।

२२ वर्षिय खेलाडीले यस अभियानमा ३० वटा खेलमा सात गोल गरेका छन् र चार वटा असिस्ट प्रदान गरेका छन्। रियल सोसिडाड र कुबो बीचको सम्झौतामा ६० मिलियन युरोको रिलिज क्लज रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *