September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका रिपोर्ट अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले केहि समय अगाडी फ्रेन्च स्टार किलियन एम्बाप्पेलाई आकर्षक प्रस्ताव गरेको थियो।

एम्बाप्पेले रियल जाने निर्णय गर्नु भन्दा अगाडी एम्बाप्पेका प्रतिनिधिहरुलाई सम्पर्क गरेको र आकर्षक सम्झौता प्रस्ताव गरेको स्पेनबाट प्रकाशित हुने एक खेल मिडियाले दावी गरेको हो।

खबरका अनुसार रेड डेभिलहरू आक्रमणकारीको हस्ताक्षरको लागि दौडमा स्पेनिस दिग्गजहरूलाई टक्कर दिन तयार थियो। तर एम्बाप्पेबाट युनाइटेडलाई रेड सिग्नल मिल्यो।

म्यानचेस्टर युनाइटेडले उनलाई स्यान्टियागो बर्नाबेउ जान सहमत हुनु अघि आकर्षक प्रस्ताव गरेर लोभ्याउन खोजेको स्पेनिस मिडिया ओकेडाइरोले जनाएको छ।

युनाइटेडले एम्बाप्पेलाई ५ वर्षे सम्झौताका लागि ५ सय मिलियन युरो पारिश्रमिक र २ सय मिलियन युरो साइन-अन बोनसको प्रस्ताव गरेको बताइएको छ।

तर युनाइटेडको प्रस्ताव आकर्षक भएपनि एम्बाप्पेले त्यसमा कुनै चासो देखाएनन्। एम्बाप्पेले पिएसजी जाने निर्णय गरिसकेका छन्। आगामी समयमा उनी र रियल बीच सम्झौता हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *