एजेन्सी – एफए कपको साविक विजेता म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ। नर्वेली युवा स्टार एर्लिङ हालाण्ड चम्किएपछि सिटीले सानदार जित निकालेको हो।
सिटीले लुटन टाउनलाई मंगलबार राति ६-२ को गोल अन्तरले पराजित गर्यो। लुटनको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमै सिटीले ३-१ को अग्रता लिँदा दोस्रो हाफमा पनि तीन गोल थप्यो।
सिटीका लागि हालाण्डले पाँच गोल गरे भने माटेओ कोभासिचले एक गोल गरे। त्यस्तै घरेलु टोलीका लागि जोर्डन क्लार्कले दुई गोल गरे। खेलभर सिटीले बलमा राम्रो नियन्त्रण राखेको थियो।
खेलको तेस्रो मिनेटमै हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसपछि उनले १८ र ४० औं मिनेटमा पनि गोल गरे। खेलको ४५ औं मिनेटमा क्लार्कले गोल गरेपछि खेल ३-१ को अवस्थामा पुग्यो।
खेलको ५२ औं मिनेटमा क्लार्कले नै पुनः गोल गर्दा खेल ३-२ को अवस्थामा पुग्यो। खेलको ५५ र ५८ औं मिनेटमा हालाण्डले गोल गर्दा खेल ५-२ को अवस्थामा पुग्यो।
त्यस्तै खेलको ७२ औं मिनेटमा माटेओ कोभासिचले गोल गरेसंगै सिटीको ६-२ को जित पक्का भयो। यस जितसंगै सिटी एफए कपको क्वाटरफाइनलमा पुगेको छ।