September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो माथि अनुसन्धान हुने भएको छ। एक खेलका दौरान विपक्षि टोलीक समर्थकसंग आक्रोशित भएर गरेको हर्कतका कारण रोनाल्डो माथि अनुसन्धान हुने भएको हो।

केहि दिन अगाडी साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासरले अल शबाबको सामना गरेको थियो। सो खेलमा अल नासर ३-२ को गोल अन्तरले विजयी भएको थियो।

खेल चल्दै गर्दा रोनाल्डोलाई चिढ्याउन अल शबाबका समर्थकले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नामको नारा लगाएका थिए। अल शबाब समर्थकले सो क्रमलाई खेल सकिएपछि पनि निरन्तरता दिएका थिए।

‘मेस्सी-मेस्सी’को नारा लाग्दा रोनाल्डो आक्रोशित बन्न पुगे र उनले अश्लिल तरिकाले अल शबाब समर्थकलाई जवाफ दिए। यति बेला रोनाल्डोको सो हर्कत माथि प्रश्न उठाइएको छ।

सो हर्कतलाई लिएर रोनाल्डो माथि अनुसन्धान हुन लागेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। साउदी अरेबिया फुटबल महासंघले आफ्नो अनुशासन समिति मार्फत छानबिन सुरु गरेको साउदी मिडिया आउटलेट अशरक अलले जनाएको छ।

समितिले अर्को दुई दिनमा आफ्नो छानबिनको निर्णय जारी गर्ने बताइएको छ। सो हर्कतका लागि रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध लाग्न सक्ने स्थानीय मिडियाहरुले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *