September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार क्याटलान क्लब बार्सिलोनाक पूर्व खेलाडी फिलिप काउटिन्हो मेजर सकर लिग पुग्न सक्छन्। स्पेनबाट प्रकाशित हुने विभिन् खेल मिडियाहरुले फिलिप काउटिन्हो मेजर सकर लिग पुग्न सक्ने दावी गरेका हुन्।

बार्सिलोनाका पूर्व प्लेमेकर हाल कतारी संगठन अल दुहेलमा छन्। प्रिमियर लिगमा आफ्नो प्रभावशाली कारनामका बावजुद, बार्सिलोनामा स्थानान्तरण भएदेखि उनका लागि खासै राम्रो हुन सकिरहेको छैन।

उनी २०१८ मा १०५ मिलियन पाउण्डको ठूलो प्रारम्भिक शुल्कमा लिभरपुलबाट बार्सिलोनामा सामेल भएका थिए। उनले बार्सिलोनामा हुँदा १०६ खेलमा २५ गोल र १४ असिस्ट दर्ता गरेका थिए।

ब्राजिलियनलाई २०२२ मा क्याम्प नोउबाट एस्टन भिल्ला पठाइएको थियो। भिलान्ससँग उनले कुल ४३ खेल खेले। जसमा उनले मात्र ६ गोल गरे भने तीन असिस्ट प्रदान गरे।

डायरियो एएस द्वारा जारी गरिएको भर्खरको रिपोर्ट अनुसार अब उनी अमेरिकी लिगमा सामेल हुन सक्छन्। उनलाई मेजर सकर लिगमा विभिन्न क्लबहरुले भित्र्याउन चाहेको बताइएको छ।

सो सूचीमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आवद्ध इन्टर मियामी र एलए ग्यालेक्सी जस्ता क्लब पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *