September 20, 2024

एजेन्सी – एभर्टनका मिडफिल्डर अमाडो ओनानाका लागि दुई क्लब बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ। एभर्टनका मिडफिल्डर अमाडो ओनानाका लागि आगामी समर ट्रान्सफर विन्डोमा प्रिमियर लिगका दुई क्लब बीच कडा टक्कर पर्ने देखिएको हो।

क्याटलान क्लब बार्सिलोनाको नजरमा समेत रहेका खेलाडीलाई आर्सनलले आगामी समर ट्रान्सफर विन्डोमा भित्र्याउने योजना बनाएको र सो दौडमा सामेल हुन म्यानचेस्टर युनाइटेड पनि तयार देखिएको स्पेनिस आउटलेट स्पोर्टले जनाएको छ।

जोर्गिन्हो र मोहम्मद एल्नेनी आउँदो गर्मीमा सम्झौताबाट बाहिर हुने निश्चित छ। यस्तोमा आर्सनल ओनानालाई भित्र्याउन चाहन्छ। म्यानचेस्टर युनाइटेड पनि मिडफिल्डरको लागि बजारमा छ।

समरमा हस्ताक्षर गर्ने मेसन माउन्ट सिजनको अधिकांश समय घाइते भएका छन् भने लोनमा अनुबन्धित सोफयान अम्राबात प्रभाव पार्न असफल भएका छन्।

रेड डेभिल्स र बार्सिलोनाले पनि चासो राख्दा आर्सनल ओनानाको दौडमा अगाडि रहेको बताइएको छ। २०२२ मा लिग १ पक्ष लिलेबाट आइपुगेदेखि २२ वर्षिय खेलाडीले एभर्टनमा राम्रो प्रदर्शन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *