September 20, 2024

एजेन्सी – मेजर सकर लिग अन्तर्गत इन्टर मियामी र एलए ग्यालेक्सी बीचको खेलका दौरान एक व्यक्तिले खिचेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ।

इन्टर मियामी र एलए ग्यालेक्सी बीचको खेलका दौरान एलए ग्यालेक्सीले पेनाल्टी पाएका बेलाको एक भिडियो सामाजिक संजालमा भाइरल भएको हो।

भाइरल भइरहेको भिडियोमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले एलए ग्यालेक्सीका रिक्वी पुइगले कता पेनाल्टी प्रहार गर्छन् भन्ने सहि अनुमान लगाएको देख्न सकिन्छ।

मेस्सीले गोल पोस्टको जता पेनाल्टी प्रहार हुन्छ भनेर संकेत गरे पुइगले पनि त्यति पेनाल्टी प्रहार गरे र इन्टर मियामीका गोलरक्षकले सो पेनाल्टीको बचाऊ गरे।

सो गोल नबचाएको भए इन्टर मियामी हार्न सक्ने थियो। मियामी र एलए ग्यालेक्सी बीचको खेलमा मेस्सीले पनि गोल गरेका थिए। सो खेल १-१ को बराबरीमा सकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *