September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आगामी सिजनका लागि नयाँ प्रशिक्षकको खोजि तिब्र बनाएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार बार्सिलोनाले नयाँ प्रशिक्षकको खोजिलाई तिब्र बनाएको हो।

केहि समय अगाडी क्लबका वर्तमान प्रशिक्षक जाभीले सिजनको अन्त्य संगै क्लब छाड्ने घोषणा गरेका थिए। त्यसपछि बार्सिलोना नयाँ प्रशिक्षकको खोजिमा जुटिसकेको छ।

बार्सिलोनाले जाभीको स्थान लिने सम्भावित प्रशिक्षकहरुको एक सूची बनाएको विभिन्न स्पेनिस मिडियाहरुले जनाएका छन्। सो सूचीमा क्लबका पूर्व प्रशिक्षक समेत रहेका छन्।

पूर्व प्रशिक्षक लुइस एनरिक, पूर्व बायर्न म्युनिख र जर्मनीका रणनीतिकार ह्यान्सी फ्लिक र ब्राइटन एन्ड होभ एल्बियनका प्रबन्धक रोबर्टो डे जर्बीलाई सर्टलिस्ट गरेको बताइएको छ।

तीन मध्ये फ्लिक सबैभन्दा यथार्थवादी विकल्प हुन सक्छन्। किन भने फ्लिक अहिले कुनै पनि टोलीसंग आवद्ध छैनन्। जबकी एनरिक र डी जेर्बी क्रमशः पिएसजी र ब्राइटन संग अनुबंधित छन्।

त्यस्तै ब्राइटन प्रशिक्षक डे जर्बीलाई पनि बार्सिलोनाले धेरै नजिकबाट नियाली रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *