September 20, 2024

एजेन्सी – विपक्षी टोलीका समर्थकहरुलाई गरेको विवादास्पद इशारामा साउदी क्लब अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले मौनता तोडेका छन्।

साउदी प्रो लिग अन्तर्गत अल शबाब विरुद्धको खेलका क्रममा सो क्लबका समर्थकहरुलाई लक्षित गर्दै गरेको विवादास्पद इशाराको विषयमा रोनाल्डोले मौनता तोडेका हुन्।

सो विषयमा बोल्दै रोनाल्डोले त्यस किसिमका इशारा युरोपमा सामान्य रहेको बताएको साउदी मिडियाहरुले जनाएका छन्। युरोपमा त्यस किसिमका इशारालाई लाजमर्दो रुपमा लिने नगरिएको रोनाल्डोले साउदी लिगको अनुसन्धान समितिलाई जवाफ दिएको बताइएको छ।

“म सबै क्लबहरूलाई सम्मान गर्छु। हामीलाई युरोपमा यसको बानी परेको छ। यो अपमानजनक होइन। मैले गरेको इशाराले शक्ति र विजयलाई व्यक्त गर्दछ।”,रोनाल्डोले साउदी लिगको अनुसन्धान समितिलाई भनेका छन्।

केहि दिन अगाडी साउदी लिगमा अल नासर र अल शबाब आमने-सामने भएको थियो। अल शबाबका समर्थकहरुले मेस्सी-मेस्सीको नारा लगाएपछि रोनाल्डोले अनौठो इशारा गरेका थिए।

सो विषयमा साउदी प्रो लिगको अनुशासन समितिले अनुसन्धान गरिरहेको साउदी मिडियाहरुले जनाएका छन्। सो हर्कतका लागि दोषी ठहर भएको खण्डमा रोनाल्डो माथि केहि खेलको प्रतिबन्ध लाग्न सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *