September 20, 2024

एजेन्सी – साउदी फुटबल महासंघ (साफ) को अनुशासन तथा आचारसमिता समितिले अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो माथि कारवाहीको डण्डा चलाएको छ।

एक खेलका दौरान गरेको हर्कतका लागि साउदी फुटबल महासंघ (साफ) को अनुशासन तथा आचारसमिता समितिले रोनाल्डो माथि कारवाही गरेको हो।

अश्लील इशारा गरेको देखिएपछि क्रिस्टियानो रोनाल्डोलाई एक खेलका लागि निलम्बन गरिएको छ। साथै समितिले रोनाल्डोलाई नगद जरिवाना पनि गरेको छ।

समितिले गरेको फैसला अनुसार रोनाल्डोले १० हजार रियाल जरिवाना तिर्नु पर्नेछ भने अल शबाबलाई २० हजार रियाल क्षतिपूर्ति दिनु पर्नेछ। समितिले गरेको सो निर्णय उपर रोनाल्डोले अपिल गर्न पाउने छैनन्।

केहि दिन अगाडी साउदी लिगमा अल नासर र अल शबाब आमने-सामने भएको थियो। अल शबाबका समर्थकहरुले मेस्सी-मेस्सीको नारा लगाएपछि रोनाल्डोले अनौठो इशारा गरेका थिए।

समितिलाई बयान दिनेक्रममा रोनाल्डोले त्यस किसिमका इशारा युरोपमा सामान्य रहेको बताएको साउदी मिडियाहरुले जनाएका छन्। युरोपमा त्यस किसिमका इशारालाई लाजमर्दो रुपमा लिने नगरिएको रोनाल्डोले साउदी लिगको अनुसन्धान समितिलाई जवाफ दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *