September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनलले आगामी सिजनका लागि नयाँ स्ट्राइकर भित्र्याउने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार आर्सनलले आगामी समर ट्रान्सफर विन्डोमा नयाँ स्ट्राइकर भित्र्याउने भएको हो।

आर्सनल गएको केहि सिजन देखि उच्च प्रदर्शन गरिरहेको छ। तर आगामी सिजन थप राम्रो प्रदर्शन गर्नका लागि आर्सनलले एक स्ट्राइकर भित्र्याउने योजना बनाएको बताइएको छ।

आर्सनलले समर ट्रान्सफरमा भित्र्याउन सकिने स्ट्राइकरको खोजि अहिले देखि सुरु गरिसकेको र चार खेलाडीको सूची बनाएको बेलायती पत्रिका डेली मेलले जनाएको छ।

डेली मेलको रिपोर्ट अनुसार आर्सनलको सूचीमा ब्रेन्टफोर्डका इभान टोनी, बोलोग्नाका जोशुआ जिर्कजी, नेपोलीका भिक्टर ओसिम्हेन र स्पोर्टिङ सीपीका भिक्टर ग्योकेरेस रहेका छन्।

आर्सनल गत सिजन प्रिमियर लिगको उपाधि होडमा म्यानचेस्टर सिटीसंग पछि परेको थियो। यस सिजन आर्सनल प्रिमियर लिगको उपाधि होडमा छ। आर्सनल अहिले प्रिमियर लिगको तेस्रो स्थानमा रहेको छ।

आर्सनल प्रिमियर लिगमा शिर्ष स्थानको लिभरपुल भन्दा २ अंकले पछि छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा मात्र एक अंकले पछि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *