September 20, 2024

एजेन्सी – साउदी प्रो लिगमा अल नासरको रफ्तारमा ब्रेक लागेको छ। पछिल्लो समय निरन्तर जित निकालिरहेको अल नासरको रफ्तारमा ब्रेक लागेको हो।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो नभएको खेलमा अल नासरले बिहिबार राति अल हाजिमको सामना गर्यो। सो खेलमा अल नासर ४-४ को रोमान्चक बराबरीमा रोकिन पुग्यो।

घरेलु मैदानमा अल नासर चार पटक अग्रता लिएरपनि अल नासरले त्यसलाई जोगाउन सकेन। रेलिगेसनमा जोनमा रहेको अल हाजिमले अल नासरसंग एक अंक खोसेरै छाड्यो।

अल नासरका लागि ब्राजिलियन फरवार्ड एन्डर्सन टालिस्काले ह्याट्रिक पूरा गरे भने साडियो मानेले एक गोल गरे। त्यस्तै पहिना टोलीका लागि एहमद अल मेमेद, टोजी, फाइज सेलेमानी र पाउलो रिकार्डाेले एक-एक गोल गरे।

अल नासरक कप्तान रोनाल्डो प्रतिबन्धका कारण अल हाजिम विरुद्धको खेल खेल्न सकेनन्। अलशबाबमाथि ३–२ को जित निकालेको खेलमा गरेको एक हर्कतका कारण उनलाई साउदी लिगले अनुशासनको कारवाही स्वरूप एक खेलक लागि प्रतिबन्ध लगाएको थियो।

अल हाजिमसंग बराबरीमा रोकिएपछि अल नासरले शिर्ष स्थानको अल हिलालसंगको अंक दूरी ४ अंकमा घटाउने अवसर गुमायो। अल नासरले २२ खेलबाट ५३ अंक जोडेको छ।

अल नासर शिर्ष स्थानको हिलाल भन्दा ६ अंकले पछि रहेको छ। अल हिलालले एक खेल कम खेलेको छ। अल हाजिम भने १५ अंक सहित लिगको १७ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *