September 20, 2024

एजेन्सी – बिहिबार राति साउदी क्लब अल नासरले अल हाजिमको सामना गर्यो। साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासरले बिहिबार राति रेलिगेसन जोनको अल हाजिमको सामना गरेको हो।

हाजिम विरुद्धको खेलमा निरन्तर चार अग्रता लिएर पनि अल नासरले त्यसलाई जोगाउन सकेन। रेलिगेसनमा जोनमा रहेको अल हाजिमले अल नासरसंग एक अंक खोसेरै छाड्यो।

अल नासरका लागि ब्राजिलियन फरवार्ड एन्डर्सन टालिस्काले ह्याट्रिक पूरा गरे भने साडियो मानेले एक गोल गरे। त्यस्तै पहिना टोलीका लागि एहमद अल मेमेद, टोजी, फाइज सेलेमानी र पाउलो रिकार्डाेले एक-एक गोल गरे।

अल हाजिम विरुद्धको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने सहभागी थिएनन्। एक खेलको प्रतिबन्धका कारण रोनाल्डोले बिहिबार राति खेल्न नपाएका हुन्।

अल नासरले अल हाजिमको सामना गर्दा अल नासर समर्थकले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई धेरै मिस गरे। खेलका दौरान अल नासर समर्थकले निरन्तर रोनाल्डोको नामको नारा लगाए।

अल नासर समर्थकले आफ्नो नामको नारा लगाउँदा रोनाल्डो भावुक हुन पुगेका थिए। सामाजिक संजालमा यति बेला त्यसबेलाका भिडियोहरु भाइरल भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *