September 20, 2024

एजेन्सी – पछिल्लो एक दशकको युरोपेली सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भन्दा अगाडी रहेका छन्। तर दुवै खेलाडी एक खेलाडीसंग पछि परेका छन्।

पछिल्लो एक दशकमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा क्याटलान क्लब बार्सिलोनाक पोलिस फरवार्ड रोबर्टो लेवान्डोस्की रहेका छन्। हालसालै सार्वजनिक ट्रान्सफर मार्केटको युरोपमा पछिल्लो दशकमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको सूचीको शिर्ष स्थानमा रोबर्टो लेवान्डोस्की देखिएका हुन्।

रोबर्टो लेवान्डोस्कीले मेस्सी र रोनाल्डो दुवैलाई पछि पारेका छन्। रोबर्टो लेवान्डोस्कीले पछिल्लो एक दशकमा कुल ४ सय ७८ खेल खेलेका छन्। जसमा उनले ४ सय ७ गोल गरेका छन्।

त्यस्तै पछिल्लो एक दशकमा युरोपमा मेस्सीले पछिल्लो दशकमा कुल ४ सय ५८ खेल खेलेका छन्। जसमा उनले ३ सय ७७ गोल गरेका छन्। तेस्रो स्थानमा रहेका रोनाल्डले पछिल्लो एक दशकमा ३ सय ५० गोल गरेका छन्।

रोनाल्डोले ४ सय ६ खेलमा सो संख्यामा गोल गरेका हुन्। चौंथो स्थानमा रहेका ह्यारी केनले ४ सय ५३ खेलमा ३ सय ९ गोल गरेका छन्। एम्बाप्पेले ३ सय ५२ खेलमा २ सय ७१ गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *