September 19, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनाले आइतबार राति अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको कीर्तिमान तोड्ने अवसर प्राप्त गर्ने भएका छन्।

सिटीका लागि निरन्तर उच्च प्रदर्शन गर्दै एक डी ब्रुएनाले आइतबार म्यानचेस्टर युनाइटेड विरुद्धको खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको रेकर्ड तोड्ने अवसर पाउने भएका हुन्।

३२ वर्षीय डी ब्रुएनाले हालै खेलमा फर्कनुअघि ह्यामस्ट्रिङको चोटका कारण सबै प्रतियोगिताभर २८ खेल गुमाएका थिए। यद्यपि, उनले आफ्नो मोजो रिकभर गर्न धेरै समय लगाएनन्।

बेल्जियमका प्लेमेकर आफ्नो अघिल्लो खेलमा उत्कृष्टको नजिक थिए। एफए कपमा लुटन टाउन विरुद्धको खेलमा उनले एक्लै चार असिस्ट प्रदान गरेका थिए।

जससंगै शीर्ष पाँच लिग क्लबका लागि उनको असिस्ट संख्या २ सय २ पुग्यो। त्यस मद्ये सबै भन्दा बढी १ सय ६२ सिटीका लागि आएका छन्। पछिल्लो एक दशकमा सबै भन्दा बढी असिस्ट मेस्सीले दिएका छन्।

उनले युरोपको शिर्ष डिभिजन फुटबलमा कुल २ सय ३ असिस्ट दिएका थिए। आइतबार युनाइटेड विरुद्ध डी ब्रुएनाले दुई असिस्ट दिएको खण्डमा मेस्सीको रेकर्ड तोडिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *