September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय फिर्ता नहुने बताएका छन्। एक पत्रकार सम्मेलनका क्रममा जाभीले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय फिर्ता नहने बताएका हुन्।

यस सिजनको अन्त्य पछि बार्सिलोना छाड्ने आफ्नो निर्णय फाइनल रहेको जाभीले बताए। क्लब छाड्ने निर्णयमा कुनै परिवर्तन नभएको र सिजनको अन्त्यमा आफू क्लब छाडेर जाने जाभीले स्पष्ट पारे।

“म सिजनको अन्त्यमा क्लब छोड्ने मेरो निर्णयमा दृढ छु। त्यहाँ कुनै परिवर्तन छैन। सिजनको अन्त्यमा म क्लब छाडेर जानेछु।”,जाभीले पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा भने।

गत जनवरीमा घरेलु मैदानमा भिल्लारियलसँग ५-३ ले पराजित भएपछि जाभीले सिजनको अन्त्यमा क्लब छाडेर जाने घोषणा गरेका थिए। बार्सिलोनाको निरन्तर कम्जोर प्रदर्शन पछि उनको सो घोषणा आएको थियो।

तर त्यसयता बार्सिलोनाले राम्रो प्रदर्शन गरिरहेको छ। सुपरकोपा र कोपा डेल जस्ता उपाधि हातबाट फुत्किसकेको अवस्थामा बार्सिलोना अहिले लालिगाको तेस्रो स्थानमा छ।

बार्सिलोना शिर्ष स्थानको रियल म्याड्रिड भन्दा ८ अंकले पछि छ। लालिगाको जारी सिजनमा अब बार्सिलोना र रियल दुवैले १२ खेल खेल्न बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *