September 20, 2024

एजेन्सी – साउदी क्लब अल हिलालक ब्राजिलियन स्टार नेयमारले पूर्व सहकर्मी लियोनेल मेस्सीसंग पुनः संगै खेल्ने आफ्नो चाहना रहेको बताएका छन्।

एक कुराकानीका क्रममा नेयमारले शनिबार मेजर सकर लिग क्लबबाट फुटबल खेलिरहेका अर्जेन्टिनी स्टार मेस्सीसंग पुनः फुटबल खेल्ने आफ्नो चाहना रहेको बताएका हुन्।

नेयमार शनिबार फर्मुला वानको बहराइन ग्रान्ड प्रिक्समा सहभागी भए। त्यसक्रममा उनलाई ‘के तपाई फेरि मेस्सीसँगै खेल्नुहुनेछ?’ भनेर प्रश्न थियो। त्यसको जवाफ दिनेक्रममा नेयमारले मेस्सीसंग पुनः खेल्ने आशा व्यक्त गरे।

“म मेस्सीसँग फेरि खेल्न सक्षम हुने आशा गर्छु। लियो एक महान व्यक्ति हुन्। उनी धेरै खुशी छन्। उनी खुशी छन् भने म पनि खुशी छु।”,नेयमारले जवाफ दिँदै भने।

मेस्सी र नेयमारले लामो समय बार्सिलोनाबाट खेलेका थिए। बार्सिलोनामा हुँदा दुई मिलेर सबै उपाधि जितेका थिए। सन् २०१७ मा नेयमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे।

सन् २०२१ मा मेस्सी पनि पिएसजी पुगे। मेस्सी र नेयमारले त्यहाँ पनि संगै खेले। च्याम्पियन्स लिग जित्न नसकेपनि दुईले पिएसजीमा हुँदा कयौं उपाधि जिते।

गत समर ट्रान्सफर विन्डोमा मेस्सी इन्टर मियामी पुगे भने नेयमार साउदी क्लब अल हिलालमा आवद्ध भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *