September 20, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामीले सानदार जित निकालेको छ। मियामीले घरेलु मैदानमा आइतबार बिहान ओर्लान्डो सिटी माथि सानदार जित दर्ता गरेको हो।

गोल वर्षा भएको खेलमा मियामीले ओर्लान्डो सिटीलाई ५-० को गोल अन्तरले पराजित गर्यो। मियामीका लागि लियोनेल मेस्सी र लुइस सुआरेजले दुई-दुई गोल गर्दा रोबर्ट टेलरले एक गोल गरे।

खेलको चोथो मिनेटमै सुआरेजको गोलबाट मियामीले अग्रता पाएको थियो। सुआरेजले जुलियन ग्रेसलले दिएको पासमा गोल गरेका हुन्। त्यस्तै खेलको ११ औं मिनेटमा पनि सुआरेजले गोल गरे।

सो गोल पनि जुलियन ग्रेसलकै पासमा सम्भव भएको थियो। यस्तै खेलको २९ औं खेलमा रोबर्ट टेलरले लुइस सुआरेजको पासमा गोल गर मियामीले ३-० को अग्रता पायो।

खेलको ५७ औं मिनेटमा मियामीले चौथो गोल गर्यो। सो गोल मेस्सीले गरेका थिए। त्यसलगत्तै खेलको ६२ औं मिनेटमा लुइस सुआरेजको पासमा मेस्सीले गोल गरेसंगै मियामीको ५-० को सानदार जित पक्का भयो।

यस जितसंगै मियामी मेजर सकर लिगको इस्टर्न कन्फरेन्स तर्फ शिर्ष स्थानमा उक्लिएको छ। मियामीले खेलमा जित र एक बराबरी सहित सात अंक बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *