September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले महत्वपूर्ण दुई अंक गुमाएको छ। लालिगाको महत्वपूर्ण खेलमा बराबरीमै रोकिएसंगै रियलले महत्वपूर्ण दुई अंक गुमाएको हो।

शनिबार राति रियलले भ्यालेन्सियासंग २-२ को बराबरी खेल्दै अंक बाँड्यो। खेलको पहिलो आधा घण्टामै २-० को गोल अन्तरले पछि परेपनि रियलले हार त टार्यो। तर जित भने निकाल्न सकेन।

भ्यालेन्सियामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि ह्युगो डुरो र रोमन यारेमचुकले गोल गरे। पाहुना टोली रियलका लागि भने दुवै गोल भिनिसियस जुनियरले गरेका थिए।

खेलको २७औं मिनेटमा डुरोको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो। उनले फ्रान पेरेजको पासमा गोल गरेका थिए। त्यसको तीन मिनेट भित्रै घरेलु टोलीले अग्रता दोब्बर पार्यो।

खेलको ३० औं मिनेटमा सो गोल रोमनले गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा भिनिसियसले गोल गर्दै खेललाई १-० को अवस्थामा पुर्याए।

७६औं मिनेटमा भिनिसियसले नै अर्को गोल गरे। जससंगै रियलको हार टर्यो। इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो। जुड बेलिङहम सिधै रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए।

रियल बराबरीमा रोकिँदा त्यसको फाइदा रियल र जिरोनालाई पुगेको छ। रियलको ६६ अंक रहेको छ। रियलले दुवै टोली भन्दा एक खेल बढी खेलेको छ। रियल जिरोना भन्दा ७ अंक र बार्सिलोना भन्दा ९ अंकले अगाडी रहेको छ। भ्यालेन्सिया २६ खेलबाट ३७ अंकसहित नवौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *