September 20, 2024

एजेन्सी – आइतबार बिहान इन्टर मियामीले मेजर सकर लिगमा ओर्लान्डो सिटीको सामना गर्यो। ओर्लान्डो सिटी विरुद्ध मियामीले बलमा राम्रो नियन्त्रण राख्दै गोलवर्षा गर्यो।

मियामीको जितमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र उरुग्वेली स्तर लुइस सुआरेज दुवैले दुई-दुई गोल गरे। त्यस्तै मियामीक रोबर्ट टेलरले खेलमा एक गोल गरे।

ओर्लान्डो सिटी विरुद्धको खेलमा मेस्सी भन्दा पनि लुइस सुआरेजले सानदार प्रदर्शन गरेका थिए। मियामीले गरेका पाँच गोल मद्ये चार गोलमा सुआरेजको महत्वपूर्ण योगदान थियो।

सुआरेजले दुई गोल मात्र गरेनन्, दुई असिस्ट पनि दिए। सानदार प्रदर्शन गरेका कारण सुआरेज खेलको उत्कृष्ट खेलाडी समेत घोषित भए। आइतबार बिहान सुआरेजले ३७ वर्षको उमेरमा पनि उत्कृष्ट गोल गर्न सक्ने उदाहरण पेश गरे।

ओर्लान्डो सिटी विरुद्ध मियामीले आइतबार निकालेको जित मेस्सीको आगमन पछिकै ठूलो जित हो। यस भन्दा अगाडी मियामीले टोरन्टो एफसीलाई ४-० को गोल अन्तरले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *