December 23, 2024

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ। प्रिमियर लिगको म्यानचेस्टर डर्बीमा सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो।

सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटी ३-१ को गोल अन्तरले विजयी भयो। खेलको सुरुवातमै पछि परे पनि सिटीले कम्ब्याक जित निकाल्यो।

सिटीको जितमा फिल फोडेनले दुई तथा एर्लिङ हालाण्डले एक गोल गरे। त्यस्तै पाहुना टोली म्यानचेस्टर युनाइटेडका लागि भने मार्कस र्यासफर्डले गोल गरेका थिए।

खेलको आठौ मिनेटमा मार्कस र्यासफर्डले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएसंगै युनाइटेडले अग्रता लिएको थियो। त्यसपछि पहिलो हाफमा थप गोल भएनन्।

खेलको ५६औं मिनेटमा फोडेनले पनि बक्स बाहिरबाट उत्कृष्ट गोल गरेसंगै सिटी खेलमा फर्कियो। ८०औं मिनेटमा उनले पुनः गोल गर्दा सिटीले २-१ को अग्रता पायो।

इन्ज्युरी समयको पहिलो मिनेटमा हालाण्डले गोल गरे। त्यससंगै सिटीको ३-१ को जित पक्का भयो। यस जितसंगै सिटीले २७ खेलबाट ६२ अंक बनाएको छ। सिटी दोस्रो स्थानमा छ। युनाइटेडको भने ४४ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *