September 21, 2024

एजेन्सी – एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगका लागि आज साउदी क्लब अल नासर एक्सनमा उत्रँदैछ। एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो खेलका लागि एक्सनमा उत्रन लागेको हो।

अल नासरले आज यूएईको क्लब अल अल आइन एफसीको सामना गर्नेछ। अल आइन एफसी र अल नासर बीचको खेल हज्जा बिन जायद स्टेडियममा हुनेछ।

खेल नेपाली समय अनुसार ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ। आज हुने खेलमा अल नासर जुनै पनि हालतमा जित निकाल्ने योजनामा हुनेछ। आज जित निकाल्न सकेको खण्डमा अल नासरको सेमिफाइनल यात्रा सहज हुनेछ।

रोनाल्डो खेल्ने सम्भावना कति ?

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग अन्तर्गत अल हाजमको सामना गर्दा अल नासरका लागि खेलेका थिएनन्। साउदी प्रो लिगले लगाएको प्रतिबन्धका कारण रोनाल्डोले सो खेल खेल्न पाएका थिएनन्।

सो खेलमा अल अल नासर बराबरीमा रोकिएको थियो। तर आज भने रोनाल्डो खेल्न पाउनेछन्। रोनाल्डोको साथ पाउँदा पक्कै पनि अल नासर सानदार जित निकाल्ने योजनामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *