September 20, 2024

एजेन्सी – प्रिमियर लिग उपाधि होडमा आर्सनलले सनसनी मच्चाएको छ। पछिल्लो समय निरन्तर उच्च प्रदर्शन गर्दै आएको आर्सनलले सोमबार राति सनसनी मच्चाएको हो।

आर्सनलले सोमबारको खेलमा शेफिल्ड युनाइटेड माथि गोलवर्षा गर्यो। शेफिल्ड युनाइटेडलाई उसकै घरेलु मैदानमा आर्सनलले ६-० को गोल अन्तरले पराजित गर्यो।

आर्सनलका लागि ५ भिन्न खेलाडीहरुले गोल गर्दा एक गोल भने उपहारमा पाएको थियो। पहिलो हाफमै ५-० को गोल अन्तरले अगाडी बढेको आर्सनलले दोस्रो हाफमा एक गोल थप्यो।

आर्सनलका लागि मार्टिन ओडेगार्ड, गाब्रीएल मार्टिनेली, काई हाभार्ट, डेक्लान राइस र बेन ह्वाइटले गोल गरे। त्यस्तै शेफिल्डका जयडेन बोग्लेले आत्मघाती गोल गरेका थिए।

प्रिमियर लिगमा आर्सनलको यो सातौँ जित हो। आर्सनल अहिले प्रिमियर लिगको तेस्रो स्थानमा छ। आर्सनलले यस सिजन २७ मद्ये १९ खेलमा जित निकालेको छ भने ४ खेलमा हार बेहोरेको छ।

यस्तै चार खेलमा बराबरी खेल्दा आर्सनलले ६१ अंक जोडेको छ। आर्सनल शिर्ष स्थानको लिभरपुल भन्दा मात्र दुई अंकले पछि छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा एक अंकले पछि रहेको छ।

उता पराजित शेफिल्ड भने रेलिगेसन जोनमा रहेको छ। २७ खेल खेल्दा उसले मात्र ३ खेलमा जित निकालेको छ भने २० खेलमा हार बेहोरेको छ। शेफिल्ड १३ अंक सहित लिगको अन्तिम स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *