September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने प्रिमियर लिग चेल्सीले आगामी सिजन माउरिसियो पोचेटिनोको स्थानमा भित्र्याउन सकिने सम्भावित प्रशिक्षकको सूची बनाएको छ।

द गार्डियनका अनुसार चेल्सी र टोड बोहलीले अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई प्रतिष्थापन गर्न सक्ने सम्भावित प्रशिक्षकको सूची बनाएका हुन्।

सो सूचीमा स्पोर्टिङ लिस्बन प्रशिक्षक रुबेन एमोरिम र ब्राइटनको रोबर्टो डे जर्बी रहेका छन्। पोचेटिनोलाई वर्खास्त गर्न परेको अवस्थामा दुई मद्ये एकलाई क्लबको जिम्मेवारी दिने चेल्सीको योजना रहेको बताइएको छ।

एमोरिमको नेतृत्वमा स्पोर्टिङ लिस्बन अहिले पोर्चुगिज लिगको शिर्ष स्थानमा छ। स्पोर्टिङ लिस्बन बेन्फिका भन्दा एक अंक र पोर्टो भन्दा ७ अंकले अगाडी रहेको छ।

एमोरिमको कामलाई चेल्सीले धेरै नजिकबाट नियाली रहेको बताइएको छ। यस्तै रोबर्टो डे जर्बी पनि ब्राइटनमा धेरै राम्रो काम गरिरहेका छन्। रोबर्टो डे जर्बीले चेल्सी मात्र नभई युरोपका अन्य क्लबको नजर पनि तानिरहेका छन्।

गत सिजन देखि ओरालो लागेको चेल्सी अहिले सम्म पनि सम्हालिन सकेको छैन। निरन्तर कम्जोर प्रदर्शन जारी रहँदा पोचेटिनोको पद धरापमा परेको छ।

खेलाडी भित्र्याउन झन्डै १ बिलियन खर्च गर्दा पनि चेल्सी निरन्तर कम्जोर प्रदर्शन गर्दै आएको छ। चेल्सीले थप सुधार नगरेमा पोचेटिनोको पद जान सक्ने उच्च सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *